सोमबार, जेठ २५, २०८३

भारतबाट १ करोड चोरेर ल्याउने ९ नेपाली पक्राउ

कञ्चनपुरको बेलौरी र पुनर्वाससँग सीमा जोडिएको भारतको पिलिभित जिल्लाको सम्पूर्णानगर क्षेत्रबाट ९ जना नेपाली १ करोड रुपैयाँसहित पक्राउ परेका हुन्।
 |  बिहीबार, भदौ २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २८, २०८०
National life
Shivam cement


काठमाडौं– चोरी गरिएको १ करोड रुपैयाँसहित ९ जना नेपाली भारतमा पक्राउ परेका छन् । भारतबाट १ करोड नेपाली रुपैयाँ चोरी गरेर नेपाल छिर्ने क्रममा ९ जना नेपालीलाई प्रहरीले पक्राउ गरेको छ।

कञ्चनपुरको बेलौरी र पुनर्वाससँग सीमा जोडिएको भारतको पिलिभित जिल्लाको सम्पूर्णानगर क्षेत्रबाट ९ जना नेपाली १ करोड रुपैयाँसहित पक्राउ परेका हुन्। उनीहरुले गत सोमबार राती दिल्लीबाट नेपालमा पैसा चोरेर ल्याएको खबर नेपाल प्रहरीलाई दिइएपछि सीमाबाट पार हुने क्रममा मंगलबार राती पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुको परिचय गोप्य राखिएको छ। 
सशस्त्र प्रहरी बल सुदूरपश्चिमका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले पक्राउ पर्नेमा बाजुरा, अछाम र बझाङका भारतमा काम गर्ने नागरिक रहेको बताए।
 

प्रकाशित: Sep 14, 2023| 16:10 बिहीबार, भदौ २८, २०८०
प्रतिक्रिया दिनुहोस्