सोमबार, जेठ २५, २०८३

चन्द्रमा र सूर्यपछि समुद्रको मिसनमा भारत

 |  बिहीबार, भदौ २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २८, २०८०

छिमेकी मुलुक भारतले चन्द्रयान-३ र सूर्य मिसन पश्चात् अब समुद्रको गहिराइ नाप्ने तयारी गरिरहेको छ। यसका लागि भारतले समुद्रमा जाने यानको निर्माण गरिरहेको छ। जसको नाम समुद्रायन हो।

National life

यसलाई मत्स्य ६००० पनि भनिएको छ। उक्त समुद्रायनमा तीनजना मानिसहरु समुद्रको ६ किलोमिटर गहिराईसम्म जानेछन् अनि त्यहाँ अध्ययन अनुसन्धान गर्नेछन्।

भारतका पृथ्वी विज्ञानमन्त्री किरेन रिजिजूले सेप्टेम्बर ११ मा एक ट्वीट गर्दै भारतको अबको मिसन समुद्रयान भएको बताएका छन्। चेन्नाइको नेशनल इन्स्टिच्यूट अफ ओशन टेक्नोलोजीले उक्त यान बनाएको हो। यसका माध्यमबाट तीनजना व्यक्ति समुद्रभित्र ६ हजार मिटरको गहिराइसम्म पुग्नेछन्। उनीहरुले त्यहाँका स्रोत तथा जैविक विविधताको अध्ययन गर्नेछन्।

उक्त परियोजनाको कारणबाट समुद्रको पर्यावरणमा कुनै नोक्सानी नहुने मन्त्रीको दाबी छ। यो एक गहिरो सामुद्रिक मिसन हुनेछ जसबाट सामुद्रिक अर्थतन्त्र अर्थात् ब्लू इकोनोमीको विकास गर्ने उद्देश्य छ। यसबाट समुद्रको भित्र रहेका जे जानकारीहरु प्राप्त हुनेछन् त्यसबाट कैयन् मानिसहरुलाई रोजगारी मिल्नेछ। किनकि यसबाट सामुद्रिक स्रोतसाधनको प्रयोग हुनेछ।

रोचक कुरा त के भने एकातर्फ भारतीय अन्तरिक एजेन्सी इसरोले चन्द्रयान ३, गगनयान तथा सूर्य मिसनजस्ता अन्तरिक्ष मिसन चलाइरहेको बेला पृथ्वी विज्ञान मन्त्रालयले समुद्रको गहिराइ नाप्ने तयारी गरिरहेको हो।

Shivam cement

भारतको नेसनल इन्स्टिच्यूट अफ ओसन टेक्नोलोजीले यसअघि एक पर्सनल स्फेयर यान बनाएको थियो। जुन समुद्रको ५ सय मिटर सम्मको गहिराइमा जान सक्थ्यो।

उक्त यानमा एकजना मात्रै व्यक्ति बस्न मिल्थ्यो। यो २.१ मिटर व्यासको एउटा गोलाकार पनडुब्बी थियो जुन माइल्ड स्टीलबाट बनेको थियो। बंगालको खाडीमा एक जहाजबाट उक्त यानको परीक्षण गरिएको थियो। त्यसमा सफलता प्राप्त भएसँगै संस्थानले समुद्रयान परियोजना अगाडि बढाएको हो।

 

 

 

प्रकाशित: Sep 14, 2023| 15:21 बिहीबार, भदौ २८, २०८०
प्रतिक्रिया दिनुहोस्