सोमबार, जेठ २५, २०८३

हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द

 |  बिहीबार, भदौ २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २८, २०८०
National life
Shivam cement

हेटौंडा सिमेन्ट उद्योगको उत्पादन आज बिहानदेखि बन्द भएको छ। उद्योगको आगो बाल्ने भट्टीमा जडान गरिएको कोलमिलको उपकरण बिग्रिँदा सिमेन्ट उत्पादन गर्ने क्लिंकरको उत्पादन अवरुद्ध भएको हो।

उपकरण बनाउन ३–४ दिन लाग्ने बताइएको छ। अहिले दैनिक १० हजार बोरा सिमेन्ट सो उद्योगले उत्पादन गर्दै आएको उद्योग व्यवस्थापनले जनाएको छ ।

उद्योगमा कोइलाको अभावले करिब दुई महिना बन्द गरेर दुई हप्ता अघि मात्रै पुनः सिमेन्ट उत्पादन सुरु गरिएको थियो।

प्रकाशित: Sep 14, 2023| 14:38 बिहीबार, भदौ २८, २०८०
प्रतिक्रिया दिनुहोस्