सोमबार, जेठ २५, २०८३

कैदी हत्या प्रकरण: सात प्रहरीसहित १५ जना जेल चलान

 |  बिहीबार, भदौ २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २८, २०८०

संखुवासभा कारागारमा दुई कैदीको मृत्यु प्रकरणका आरोपी १५ जनालाई नै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको छ।

National life

बुधबार संखुवासभा जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको एकल इजलासले सात प्रहरीलाई धनकुटा र आठ कैदीलाई तेह्रथुम कारागारमा पठाउने आदेश दिएको हो।

कैदी हत्या प्रकरणमा मुद्दा चलाइएको थियो। उनीहरूलाई कारागार विभाग र जिल्ला सुरक्षा समितिको समन्वयमा प्रहरीलाई धनकुटा र कैदीलाई तेह्रथुम पठाइसकिएको छ। बुधबार सरकार र प्रतिवादीतर्फका आठजना कानुन व्यवसायीले बहस गरेका थिए।

कारागारमा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, सुरक्षागार्ड कार्यरत सुमन गुरुङ, दमनसिंह राई, प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, प्रहरी जवान मनीष राई, पवनकुमार महतो र नुसन राईलाई पुर्पक्षका लागि धनकुटा कारागार पठाइएको छ।

त्यस्तै कैदीहरू रामबहादुर कार्की, अनिश शर्मा कट्टेल, सचिन राई, सुमन सारूमगर, टीकाराज चौहान, नवीनकुमार राई, इन्द्रध्वज घिमिरे र मीनबहादुर तामाङलाई पुर्पक्षका लागि तेह्रथुम कारागार पठाइएको हो।

Shivam cement

१५ जना अभियुक्तविरुद्ध जन्मकैदको माग दाबी गरिएको छ। गत २४ साउनमा संखुवासभा मादीका विनोद तोलांगी र नुवाकोटको ककनीका आकाश बलामीको प्रहरी र कैदीको कुटपिटबाट मृत्यु भएको थियो। उनीहरू शौचालयको झ्याल फोडेर भाग्न खोजेको भन्दै प्रहरी र कैदीले निर्ममतापूर्वक कुटपिट गर्दा मृत्यु भएको थियो।

 

प्रकाशित: Sep 14, 2023| 14:31 बिहीबार, भदौ २८, २०८०
प्रतिक्रिया दिनुहोस्