आइतबार, असार १५, २०८२

अज्ञात समूहबाट विद्यालयमा आगजनी

दशरथचन्द नगरपालिका–६ थालिगडास्थित कालिका माविमा आगजनी गरिएको हो। 
 |  बिहीबार, भदौ २८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २८, २०८०

vianetvianet

बैतडी–अज्ञात समूहद्वारा एक विद्यालयमा आगजनी गरिएको छ। जिल्लाको दशरथचन्द नगरपालिका–६ थालिगडास्थित कालिका माविमा आगजनी गरिएको हो।

कार्यालयको कोठामा रहेका कागजपत्र आगजनी गर्ने समूहले जलाएर नष्ट गरेको विद्यालयका प्रधानाध्यापक पदमराज लेखकले जानकारी दिए। रातीको समय कार्यालयको ढोका फुटाएर भित्र रहेका कागजपत्र ग्यालरीमा ल्याएर जलाइएको छ।

‘बिहान विद्यालय आउँदा कागजपत्र जलाएको अवस्थामा भेटिए’, उनले भने, ‘आगजनीबाट सर्टिफिकेट, बैंकमा दाखिला गरेका भौचर, रजिस्टर, दर्ता चलानीलगायत महत्त्वपूर्ण कागजपत्र नष्ट भएका छन्। कसले र किन आगजनी गरे भन्ने खुल्न सकेको छैन।’ 

आगजनीबाट भएको क्षतिको विवरण र आगजनी गर्ने समूहको खोजीका लागि प्रहरीमा निवेदन दिएको विद्यालयले जनाएको छ। यस्तै, विद्यालय नजिक रहेको उद्धवसिंह कार्कीको किराना पसलमा पनि चोरी भएको छ। पसलबाट ९ हजार तीन सय बराबरको सामानको चोरी भएको छ।

विद्यालयमा आगजनी र पसलमा चोरी गर्ने समूहको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।–रासस

प्रकाशित: Sep 14, 2023| 14:55 बिहीबार, भदौ २८, २०८०
प्रतिक्रिया दिनुहोस्