आइतबार, वैशाख २७, २०८३

सर्पले डसेर दुई महिनामै ६ जनाको अकाल मृत्यु

सर्पदंशका बिरामीमध्ये साउनमा एक महिला, दुई बालबालिका, दुई पुरुष तथा भदौमा एक पुरुषको मृत्यु भएको हो।
 |  बिहीबार, भदौ २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २८, २०८०

National life

दाङ–दाङमा दुई महिनामा सर्पको टोकाइबाट ६ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार दुई महिनामा सर्पदंशका एक सय सात घटना भएका थिए।

साउनमा ३६ र भदौमा १८ गरी ५४ जना महिला तथा साउनमा २८ र भदौमा १३ गरी ४१ पुरुष सर्पले टोकेर घाइते भएका थिए। त्यस्तै, साउन र भदौमा ६–६ बालबालिकालाई सर्पले टोकेको थियो। 

सर्पदंशका बिरामीमध्ये साउनमा एक महिला, दुई बालबालिका, दुई पुरुष तथा भदौमा एक पुरुषको मृत्यु भएको हो।  जिल्लामा सर्पदंशको प्रभावकारी उपचार नहुँदा यसरी बिरामीको मृत्यु हुने गरेको छ भने कतिपय बिरामीलाई दाङबाट नेपालगञ्ज वा गोरुसिंगे लैजाने गरिएको छ।–रासस

प्रकाशित: Sep 14, 2023| 14:35 बिहीबार, भदौ २८, २०८०
प्रतिक्रिया दिनुहोस्