बुधबार, पुस ९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सीआईबीले भन्यो–सुन तस्करी मुद्दा अदालत पुगे पनि अनुसन्धान जारी रहन्छ

सीआईबीले भन्यो–सुन तस्करी मुद्दा अदालत पुगे पनि अनुसन्धान जारी रहन्छ

सात कम्पनीबाट सुन तस्करीको तथ्य फेला परेकामा अहिलेसम्म जम्मा एक (रेडी ट्रेड प्रालि)बाट भएको तस्करीको मात्रै अनुसन्धान सकिएकाले थप ६ कम्पनीमाथि अनुसन्धान जारी रहने भएको हो।
 |  बिहीबार, भदौ २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २८, २०८०

काठमाडौं– सुन तस्करी प्रकरण छानबिन गरेर सरकारी वकिलको कार्यालयमा हिजो मात्रै प्रतिवेदन बुझाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अभियुक्तमाथिको मुद्दा अदालतमा गए पनि अनुसन्धान नरोकिने स्पष्ट पारेको छ।

National life

सात कम्पनीबाट सुन तस्करी भएको तथ्य फेला परेकामा अहिलेसम्म जम्मा एक (रेडी ट्रेड प्रालि)बाट भएको तस्करी मात्रै अनुसन्धान सकिएकाले अनुसन्धान जारी रहने सीआईब प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण वज्राचार्यले बताएकी हुन्।

बुधबार आफ्नो रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाए पनि सुन तस्करी प्रकरणमा संलग्न देखिएका थप ६ कम्पनीमाथि छानबिन जारी रहने उनको भनाइ छ।

सरकारी वकिल कार्यालयका अनुसार एक दुई दिनमै मुद्दा अदालतमा लगिने तयारी छ। तर, सात कम्पनीबाट ३६२ किलो सुन तस्करी भएको तथ्य पत्ता लगाए पनि अहिलेसम्म जम्मा ६० किलो ७१६ ग्राम मात्रै सुन बरामद भएको छ। बाँकी सुन तस्करले गन्तव्यमा पु¥याइएसकेकाले त्यसमा थप संलग्नको खोजी सीआईबीले जारी राखेको बताएको छ।

नयाँ तथ्य फेला पारेपछि पुरक प्रतिवेदनका रुपमा बुझाइने सुन प्रकरण अनुसन्धानको नेतृत्व गरेका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए। उनका अनुसार तस्करले सञ्जाल तयार पारेर सुन तस्करी भएको फेला परेको छ। काठमाडौँको टोखा र लाजिम्पाटमा सुन गाल्ने काम भएको पनि प्रहरीले फेला पारेको छ।

Laxmi sunrise bank
kumari

उक्त प्रकरणमा आरोपीमाथि भन्सार ऐन, संगठित अपराध, राष्ट्र बैंक ऐन, मुलुकी अपराध संहिता, नेपाल नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार कारबाहीका लागि सिफारिस गरिएको छ। अनुसन्धानका क्रममा अहिलेसम्म गिरोहले विभिन्न सात कम्पनीबाट ३६२ किलो (३०२ र ६० किलो) बढी सुन तस्करी गरेको खुलेको छ।

अहिलेको मूल्यमा ३ अर्ब ५० करोड दुई लाख १६ हजार ५५२ को सुन तस्करी भएकाले सो रकमलाई बिगो कायम गरी मुद्दा अघि बढाउन पनि राय दिइएको छ। हालसम्म ३२ जना पक्राउ परेका छन्।  पक्राउ पर्नेमा २३ नेपाली र ९   विदेशी नागरिक छन्। १८ जना फरार रहेका छन्।

गत ३ साउनमा राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक सुमा हालेर ल्याइएको उक्त सुन सिनामंगलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो। त्यसैको अनुसन्धानका क्रममा थप ६ कम्पनीबाट यस्तै अटो पार्टमा हालेर सुन तस्करी भएको पाइएको छ।

विभागले आवश्यक अनुसन्धान सकेपछि १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको थियो। सुन हङकङबाट ल्याएर भारत निर्यात गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 14, 2023| 10:44 बिहीबार, भदौ २८, २०८०
प्रतिक्रिया दिनुहोस्