आइतबार, असार १५, २०८२

ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु 

 |  बिहीबार, भदौ २८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २८, २०८०

vianetvianet

गाईघाट- ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा उदयपुरमा एक जना प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ।

जिल्लाको चौदण्डी गढी नगरपालिका–९ स्थित मदन भण्डारी लोकमार्ग खण्डको ज्यामिरेमा बुधबार दिउँसो भएको दुर्घटनामा बेलका नगरपालिका–२ भागलपुर प्रहरी चौकीका प्रमुख श्रीकुमार बस्नेतको मृत्यु भएको छ।

ना४ख ६१८३ नम्बरको ट्रकले ठक्कर दिँदा असई बस्नेतको मृत्यु भएको हो। ट्रकको ठक्करबाट गम्भीर घाइते बस्नेतलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल उदयपुर पुर्याएको थियो। तर, उनको उपचार सुरु गर्नुअघिनै अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ।

ट्रक चालक विशाल परियार र ट्रकलाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।

प्रकाशित: Sep 14, 2023| 08:35 बिहीबार, भदौ २८, २०८०
प्रतिक्रिया दिनुहोस्