आइतबार, कात्तिक २२, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • भोलिदेखि काठमाडौं र ललितपुरका यी क्षेत्रमा तीन दिन विद्युत् अवरूद्ध हुने

भोलिदेखि काठमाडौं र ललितपुरका यी क्षेत्रमा तीन दिन विद्युत् अवरूद्ध हुने

 |  बुधबार, भदौ २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २७, २०८०

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले स्युचाटार-टेकु लाइन  तीन दिन सट डाउन गर्ने भएको छ । टेकु सबस्टेशन स्तरोन्नती गरी टेकू स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको र त्यसका लागि ६६ केभी स्युचाटार-टेकु लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म  सटडाउन गर्नुपर्ने प्राधिकरणले जनाएको छ।

Machhapuchchhre

त्यस्तै ६६ केभी स्युचाटार-पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म र ६६ केभी स्युचाटार-के३ लाइन शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ।

तीन वटा प्रसारण लाइन सटडाउन गर्दा काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रहरूमा विद्युत् प्रभावित हुने भएको छ। ६६ केभी  स्युचाटार-टेकु प्रसारण लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म तीन दिन अवरूद्ध हुने भएको छ।

प्रकाशित: Sep 13, 2023| 22:44 बुधबार, भदौ २७, २०८०