आइतबार, असार १५, २०८२

काठमाडौंमा राति भारी वर्षा, कस्तो रहला दिउँसोको मौसम?

 |  बिहीबार, भदौ २८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २८, २०८०

vianetvianet

काठमाडौं- अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै, नेपालमा हाल भारतको दक्षिण–पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। वाग्मती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। गए राति उपत्यकामा चट्याङसहित भारी वर्षा भएको थियो।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका  पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानलगायत देशका  पहाडी भू–भागका थोरै स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघ  गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भोलि शुक्रबार वाग्मती, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानका साथै लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी  वर्षाको समेत सम्भावना रहेको छ।

भदौ ३० गते शनिबार वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानलगायत बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाका अनुसार वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई  स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

प्रकाशित: Sep 14, 2023| 07:11 बिहीबार, भदौ २८, २०८०
प्रतिक्रिया दिनुहोस्