सोमबार, जेठ २५, २०८३

टाइम म्यागेजिनको सूचीमा बालेन

 |  बिहीबार, भदौ २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २८, २०८०
National life
Shivam cement

काठमाडौँ- विश्व प्रसिद्ध अमेरिकी म्यागेजिन टाइमले सार्वजनिक गरेको ‘टाइम १०० नेक्स्ट’को सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पनि परेका छन्। उनी उदीयमान नेताको सूचीमा पर्न सफल भएका हुन्। 

टाइम म्यागेजिनले उदीयमान नेता, कलाकार, स्वास्थ्य, खेलकुदलगायतका क्षेत्रबाट उत्कृष्ट व्यक्तिहरू छान्ने गर्छ।

म्यागेजिनले मेयर शाहका बारेमा भनेको छ, ‘३३ वर्षीय बालेनको साथमा इन्जिनियरिङको स्नातकोत्तर छ। उनले स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव लडे। उनले टिकटक, ट्वीटर, इन्स्टाग्रामजस्ता प्लेटफर्मको प्रभावकारी ढंगले उपयोग गरे। यो प्रयासले ‘बालेन प्रभाव’लाई जन्मायो, जसको परिणामस्वरुप स्थानीय चुनावमा ३८५ स्वतन्त्र उम्मेदवार अनुभवी नेताहरूलाई भारी परे।’
 

प्रकाशित: Sep 14, 2023| 07:00 बिहीबार, भदौ २८, २०८०
प्रतिक्रिया दिनुहोस्