भीमदत्त राजमार्ग अन्तर्गत डडेलधुराको आलिताल गाउँपालिका-१ मेलखर्कमा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
बुधबार राति भएको दुर्घटनामा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महराको मृत्यु भएको प्रहरीले जनाएको छ। वीरबहादुर कुँवर घाइते छन्। उनलाई उपचारका लागि डडेलधुरा अस्पताल लगिएको छ।
कैलालीको अत्तरियाबाट डोटीतर्फ गइरहेको अटो रिक्सा बुधबार राति करिब ९ बजेतिर दुर्घटना भएको थियो। दुर्घटनाको कारण भने खुलेको छैन।