काठमाडौं- हुम्लाबाट पोखरा जाँदै गरेको हेलिकोप्टर दाङमा आकस्मिक अवतरण गरिएको छ।
खराब मौसकका कारण पोखरा जाँदै गरेको 'कैलास हेलिकोप्टर सर्भिस'को हेलिकोप्टर दाङको राप्ती गाउँपालिका-२ लालमटियामा आकस्मिक अवतरण गरिएको हो।
इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार हेलिकोप्टरमा पाइलटसहित पाँच जना सवार थिए। हेलिकप्टर आदर्श नमुना मावि लालमटियाको प्राङगणमा साँझ ७:१५ बजे अवरतण गरिएको बताइएको छ।