सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • चलचित्र, टिकटकलगायतमा प्रहरीको पोसाक प्रयोग गर्नुपूर्व अनुमति अनिवार्य

चलचित्र, टिकटकलगायतमा प्रहरीको पोसाक प्रयोग गर्नुपूर्व अनुमति अनिवार्य

 |  बुधबार, भदौ २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २७, २०८०

काठमाडौं- नेपाल प्रहरीले कुनै पनि चलचित्र टेलिचलचित्र, सांगीतिक भिडियो एवं फेसबुक, टिकटकलगायत सामाजिक सञ्जाल तथा स्टेज कार्यक्रममा प्रहरीको पोसाक प्रयोग गर्नुपूर्व अनिवार्य अनुमति लिनुपर्ने प्रावधान लागू गरेको छ।

National life

विगत केही समययता प्रहरीले प्रयोग गर्ने पोसाकको दुरुपयोग भएको भन्दै नेपाल प्रहरी प्रधान कार्यालयले गम्भीर आपत्ति जनाएको हो।

नेपाल प्रहरीको पोसाक प्रयोग गर्नु पूर्व नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखा नक्सालमा पोसाकको प्रयोग गर्नुको प्रयोजन तथा आवश्यकता अनुसार उक्त भिडियोको स्क्रिप्ट समेत खुलाई पूर्व स्वीकृति लिनुपर्ने कार्यालयले जनाएको छ।

त्यस्तै, नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखाको पूर्व स्वीकृति नलिई वा स्वीकृत प्रयोजन तथा स्क्रिप्ट अनुसार बाहेक अन्य कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दर्ज्यानी चिह्न तथा प्रहरीको मोनोग्राम प्रयोग नगर्न आग्रह गरिएको छ। यस किसिमका कुनै पनि कार्य भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनीसमेत दिइएको छ।

Shivam cement

प्रकाशित: Sep 13, 2023| 20:28 बुधबार, भदौ २७, २०८०
प्रतिक्रिया दिनुहोस्