सोमबार, जेठ २५, २०८३

ट्रकको ठक्करबाट असईको मृत्यु

 |  बुधबार, भदौ २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २७, २०८०

उदयपुरमा ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षक (असई)को ज्यान गएको छ।

National life

जिल्ला प्रहरी कार्यालय मातहतका इन्चार्जहरूको बैठकमा सहभागी भएर कार्यक्षेत्र फर्किने क्रममा चौदण्डीगढी नगरपालिका-९ ज्यामिरेमा ना४ख ८१६३ नम्बरको ट्रकले ठक्कर दिँदा ४५ वर्षीय श्रीकुमार बस्नेतको घटनास्थलमै मृत्यु भएको हो।

इटहरी उपमहानगरपालिका-८ घर भएका बस्नेत सदरमुकाम गाईघाटबाट प्रदेश १-२-०५१ प ६४७८ नम्बरको मोटरसाइकमा कार्यक्षेत्र बेलका नगरपालिका-२ भागलपुर फर्किँदै थिए। उनी प्रहरी चौकी भागलपुलमा कार्यरत थिए।

ट्रक चालकलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।

प्रकाशित: Sep 13, 2023| 18:05 बुधबार, भदौ २७, २०८०
प्रतिक्रिया दिनुहोस्