उदयपुरमा ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षक (असई)को ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय मातहतका इन्चार्जहरूको बैठकमा सहभागी भएर कार्यक्षेत्र फर्किने क्रममा चौदण्डीगढी नगरपालिका-९ ज्यामिरेमा ना४ख ८१६३ नम्बरको ट्रकले ठक्कर दिँदा ४५ वर्षीय श्रीकुमार बस्नेतको घटनास्थलमै मृत्यु भएको हो।
इटहरी उपमहानगरपालिका-८ घर भएका बस्नेत सदरमुकाम गाईघाटबाट प्रदेश १-२-०५१ प ६४७८ नम्बरको मोटरसाइकमा कार्यक्षेत्र बेलका नगरपालिका-२ भागलपुर फर्किँदै थिए। उनी प्रहरी चौकी भागलपुलमा कार्यरत थिए।
ट्रक चालकलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।