सोमबार, जेठ २५, २०८३

जुटखेती हुन छाडेपछि प्लास्टिक डोरीकै भरमा किसान

 |  बुधबार, भदौ २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २७, २०८०

कञ्चनपुर- कञ्चनपुरमा जुटखेती गर्ने किसान बर्सेनि घटदै जान थालेका छन्। जुटको विकल्पका रुपमा प्लास्टिका डोरीको प्रयोग हुन थालेपछि जुट खेती गर्न किसानले छाड्दै जान थालेका हुन। “विगतमा प्रत्येक किसानले घरमा पालिएका चौपायका आधारमा एकदेखि तीनकठ्ठा खेतमा जुटखेती अनिवार्य जस्तै गर्दै आएका थिए” कृष्णपुर नगरपालिका–५ का किसान रामकृष्ण चौधरीले भने, “हाल बजारमा प्लास्टिका डोरी सहज रुपमा पाउन थालेपछि जुट खेती गर्न किसानले छाडेका छन्।”

National life

खेतमा रोपेको जुट काटेर पानीमा कुहाने, कुहिएर गन्हाएको जुटका धर्सा निकाल्ने, पानीमा सफा गरेर सुकाउने र डोरी बनाउनुपर्ने झन्झट युवाले गर्न नमान्ने भएकाले पनि यसको खेती हुन छाडको उनको भनाइ रहेको छ। जुट कुहाउन प्रयोग हुने तालतलैया, खोला, सार्वजनिक पोखरी मासिँदै गएकाले पनि किसानलाई समस्या भएको छ।

घरमा रहेका चौपायालाई रोडमा लगेर छाडा छाड्ने कार्यले पनि विगतको जस्तो डोरीको अभाव नखड्किँदा जुट खेती हुन छाडेको शुक्लाफाँटा नगरपालिका– ३ का किसान भीमबहादुर डगौराले बताए। “विगतमा बजारबाट आज जस्तो डोरी खरिद गरेर ल्याउनुपर्ने झन्झट थिएन” उनले भने, “सबैका खेतमा जुटखेती हुन्थ्यो, खेती लगाएर फुर्सदिला भएकाले डोरी बनाउने गर्दथे, वर्षभरिका लागि चौपाया बाध्न, घाँस बोक्न र अन्य घरायसी प्रयोजनका लागि डोरी बनाइथ्यो, आत्मर्निभर थियौँ, हाल डोरीका लागि पनि परनिर्भर भएका छौँ।”

जुट खेतीलाई प्रोत्साहित नगरिँदा किसानले लगाउन छाड्दै गएको उनको बुझाइ रहेको छ। यहाँका किसानले परम्परागत रुपमा गर्दै आएको जुटखेतीलाई व्यवसायीकरण नगरिँदा किसानको आकर्षण घटदै गएको किसान बताउछन्। बुढापाकाले डोरी बाट्ने कार्य गर्दै आए पनि त्यो सीप युवाहरुले ग्रहण नगर्दा जुट खेतीनै ओझेलमा परेको असैनाका किसान सुग्रिव राना बताउछन्।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त कार्यालय प्रमुख हरिदत्त जोशी कैलाली कञ्चनपुरमा हाल किसानले जुट खेती गर्न छाडेकाले प्रोत्साहनका कुनै पनि कार्यक्रम नरहेको बताउछन्। “जुट खेतीका लागि किसानबाट प्रोत्साहन गर्ने अनुदानका कार्यक्रमका लागि माग आएको छैन” उनले भने, “किसानबाट माग आए त्यसका लागि पनि कार्यक्रम बनाउछौँ।”

Shivam cement

प्रकाशित: Sep 13, 2023| 20:21 बुधबार, भदौ २७, २०८०
प्रतिक्रिया दिनुहोस्