सोमबार, जेठ २५, २०८३

कच्ची घरको अभिलेखीकरण गर्दै माडी नगरपालिका

 |  बुधबार, भदौ २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २७, २०८०

चितवन- माडी नगरपालिकाले नगर क्षेत्रभित्र रहेका कच्ची घरहरुको अभिलेखीकरण सुरु गरेको छ। सबै वडामा परिपत्र गर्दै कच्ची घरको अभिलेखीकरण सुरु गरेको हो।

National life

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलका अनुसार खरका छाना भएका, टिनका छानो भएको र पिल्लर नउठाइएका घरहरुको अभिलेखीकरण सुरु गरिएको हो। यसका लागि घरधनीले आफ्नो घरको फोटो, निवेदन, जग्गाधनी प्रमाण पुर्जा र दुई प्रतिफोटो बुझाउनुपर्ने उनले जानकारी दिए।

ऐलानी जमिनमा बनेका घरहरुको हकमा भने जग्गाधनी प्रमाण पुर्जाबाहेक अन्य कागजात पेस गर्नुपर्ने पौडेलले बताए। उनका अनुसार विकास निर्माणदेखि सबै कुरामा सहजताका लागि अभिलेखीकरण सुरु गरिएको हो। उनले भने, 'साउनको अन्तिम साता र भदौको पहिलो सातामा गाउँगाउँमा कर सचेतना अभियान गरेका थियौँ, त्यही क्रममा अभिलेखीकरण गर्नुपर्छ भन्ने सन्देश गाउँमा पुर्‍याइएको थियो। सो कार्यान्वयनका लागि अभियान सुरु गरिएको हो।'

नगरपालिकाको राजस्व संकलन कार्यलाई प्रभावकारी र सहज बनाउने उद्देश्यले सम्बन्धित वडा कार्यालयबाटै कच्ची घर अभिलेखीकरणको कार्यक्रम अगाडि बढाइएको पौडेलले बताए।

खर तथा खपेटा छाना एवं बाँसको बार भएका घरका लागि पाँच सय रूपैयाँ तथा टिनको छाना एवं पिल्लर नउठाइएको घरका लागि एक हजार रूपैयाँ राजस्व लिइ कच्ची घर अभिलेखीकरण गरिने उनले जानकारी दिए।

Shivam cement

पिल्लर उठाइएका घरको नक्सा पास गर्नुपर्ने छ। अभिलेखीकरण गरिएका घरहरुमा कुनै विपद् परेमा समेत राहतका लागि र नगरपालिकाबाट पाउने अन्य सेवासुविधाका लागिसमेत सहज हुनेछ। माडीमा ५० प्रतिशतभन्दा बढी कच्ची घर रहेका छन्। ती घर सबैको अभिलेखीकरण गरिने छ। 

प्रकाशित: Sep 13, 2023| 22:58 बुधबार, भदौ २७, २०८०
प्रतिक्रिया दिनुहोस्