सोमबार, असार १६, २०८२

क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप अभियान सुरु, खोप मौज्दात २० हजार मात्रै 

खोप १४ वर्ष उमेर पूरा भई १५ वर्ष पूरा नभएका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउन ‘डेमोस्ट्रेसन’का रूपमा दिइन थालिएको हो।
 |  बुधबार, भदौ २७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २७, २०८०

vianetvianet

काठमाडौं– सरकारले सबै उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’का खोप लगाउने अभियान सुरु गरेको छ। आज परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले ‘एचपीभी’का खोप अभियानको उद्घाटन गरेका हुन्।

उनले निकट भविष्यमा सबै उमेर समूहका किशोरीलाई खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। मन्त्री बस्नेतले ‘एचपीभी’ खोप अस्पताललाई हस्तान्तरणपछि ६ किशोरीले खोप लगाए।

गाभीले सन् २०२४ बाट खोपको पर्याप्त मात्रा सहयोग गर्ने प्रतिबद्धता आएको जानकारी उनले दिए। ‘यो खोप ७७ जिल्लाका सबै महिला, किशोरीले पाउनुपर्छ । निकट भविष्यमा नेपालका सबै उमेर समूहका किशोरीले यो खोप पाउनुपर्ने हुन्छ। त्यसका लागि मन्त्रालय प्रतिबद्ध छ’, उनले भने।

कार्यक्रममा मन्त्रालयका सचिव डा. रोशन पोखरेलले खोपको मात्र कम भए पनि यसको समानुपातिक वितरण हुने जानकारी दिए। मन्त्रालयकी अर्का सचिव देवकुमारी गुरागाईंले विश्व स्वास्थ्य संगठनमा गरेको प्रतिबद्धताअनुसार रोगको उन्मूलनका लागि पनि खोप अपरिहार्य भएको बताइन्। उनले हाल २० हजार खोप रहेकाले ९ हजार जनालाई मात्र पुग्ने उनको भनाइ छ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. संगीता कौशल मिश्राले पहिलो मात्राका लागि उमेर खुलेको आधिकारिक प्रमाण पुग्ने कागजात लिएर खोप लगाउन पाइने जानकारी दिँदै अभिभावक, विद्यालय र अस्पताललाई सहजीकरण गर्न आग्रह गरिन्। 

परिवार कल्याण महाशाखाको निर्देशक डा. विवेककुमार लालले देशभरका ६ वटा संघीय अस्पताल र सुदूरपश्चिम प्रदेशका लागि डडेल्धुरा अस्पतालबाट सुर्खेत किशोरीलाई आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ दिन थालिएको जानकारी गराए। यद्यपि कोशीले बिहीबारदेखि खोप कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ।

उक्त खोप १४ वर्ष उमेर पूरा भई १५ वर्ष पूरा नभएका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउन ‘डेमोस्ट्रेसन’का रूपमा दिइन थालिएको हो। उक्त खोप २०६५ भदौ ३० देखि २०६६ भदौ २० गतेम्म जन्मेका किशोरीलाई दिइँदै छ। खोप अभियान ३० भदौसम्म सञ्चालन हुनेछ।

यसअघि सरकारले सन् २०१६÷१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमुनाका रूपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो। आज पहिलो मात्रा लगाएकालाई ६ महिनापछि दोस्रो मात्रा खोप दिइनेछ।

प्रकाशित: Sep 13, 2023| 15:37 बुधबार, भदौ २७, २०८०
प्रतिक्रिया दिनुहोस्