सोमबार, जेठ २५, २०८३

चीन भ्रमण छोट्याएर स्वदेश फर्किए एमाले महासचिव पोखरेल

संविधानसभाका अध्यक्ष एवं उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण पार्टी महासचिव  पोखरेल जारी चीन भ्रमण छोट्याएर स्वदेश फर्किएका हुन्।
 |  बुधबार, भदौ २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २७, २०८०

काठमाडौं– चीन भ्रमणमा गएका एमाले महासचिव शंकर पोखरेल भ्रमण छोट्याएर स्वदेश फर्किएका छन्। संविधानसभाका अध्यक्ष एवं उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण पार्टी महासचिव  पोखरेल जारी चीन भ्रमण छोट्याएर स्वदेश फर्किएका हुन्।

National life

देश फर्किएपछि पोखेरेलले स्वं नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

महासचिव पोखरेल नेतृत्वको टोली चीन भ्रमणमा रहँदा नेता नेम्वाङको निधन भएपछि भ्रमणका सबै कार्यक्रम रद्द गरिएको छ। हवाई टिकट मिलेपछि त्यहाँ रहेका अन्य नेता पनि छिट्टै स्वदेश फर्कने एमालेको केन्द्रीय प्रचार–प्रसार विभागले जनाएको छ।

महासचिव शंकर पोखरेल २२ सदस्यीय टोलीको नेतृत्व गर्दै गत १६ भदौमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीपी)को निम्तोमा भ्रमणमा गएका थिए। महासचिव पोखरेल नेतृत्वको एमाले टोली १२ दिने भ्रमणका लागि चीन गएको थियो।

प्रकाशित: Sep 13, 2023| 15:02 बुधबार, भदौ २७, २०८०
प्रतिक्रिया दिनुहोस्