काठमाडौं– हृदयाघातका कारण निधन भएका संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द–श्रद्धाञ्जली व्यक्त गर्न चाहनेका लागि वेबसाइटमै लेख्न सक्ने व्यवस्था गरिएको छ।
पार्टीको वेबसाइट ‘सिपिएनयुएमल डट ओआरजी’मा शब्द–श्रद्धाञ्जली लेख्न चाहनेका लागि उक्त व्यवस्था गरिएको एमाले केन्द्रीय प्रचारप्रसार विभागले जनाएको छ।
यो व्यवस्थाले स्व. नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्न चाहने तर पार्टी कार्यालय जान असमर्थ शुभेच्छुक, शुभचिन्तकका लागि सुविधा पुग्ने अपेक्षा गरिएको छ।
मंगलबार बसेको एमाले सचिवालय बैठकले केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, जिल्ला कार्यालय र इलाम २ को क्षेत्रीय कार्यालयमा शोक–पुस्तिका राख्ने निर्णय गरेकोे छ।स्व. नेम्वाङका छोराहरु काठमाडौं ओर्लिइसकेकाले बिहीबार राजकीय सम्मानका लागि पशुपति आर्यघाटमा अन्त्येष्टि हुने निश्चित भएको छ।