सोमबार, जेठ २५, २०८३

स्व.नेम्वाङको पार्थिव शरीर अपराह्न १ बजेपछि निजी निवास लगिने

नेम्वाङको पार्थिव शरीरमा आज बिहान ९ः०० देखि दिउँसो १ः०० बजेसम्म श्रद्धाञ्जली व्यक्त गर्न च्यासलमै राखेर अपराह्न निजी निवास लगिने भएको हो।
 |  बुधबार, भदौ २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २७, २०८०

काठमाडौं– संविधानसभाध्यक्ष एवं एमाले उपाध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिउँसोसम्म ललितपुरस्थित पार्टी मुख्यालय च्यासलमै राखेर अपराह्न १ बजेपछि बालुवाटारस्थित निजी निवास लगिने भएको छ।

National life

नेम्वाङको पार्थिव शरीरमा आज बिहान ९ः०० देखि दिउँसो १ः०० बजेसम्म श्रद्धाञ्जली व्यक्त गर्न च्यासलमै राखेर अपराह्न निजी निवास लगिने भएको हो।

एमाले प्रचार विभाग सचिव गगन विष्टका अनुसार नेम्वाङको पार्थिव शरीर दिउँसोपछि बालुवाटारस्थित निवासमा राखिनेछ। त्यहाँ नेम्वाङप्रति उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ।

विदेशबाट छोराहरू आइसकेपछि उनको अन्त्येष्टि बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिनेछ। एमालेले स्व. नेम्वाङको सम्मानमा तीन दिनसम्म पार्टीका आधा झन्डा झुकाउने निर्णय गरेको छ।

प्रकाशित: Sep 13, 2023| 10:39 बुधबार, भदौ २७, २०८०
प्रतिक्रिया दिनुहोस्