सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • विपन्न, असहाय, बेवारिसेको नि:शुल्क उपचार गर्दै काठमाडौं महानगर

विपन्न, असहाय, बेवारिसेको नि:शुल्क उपचार गर्दै काठमाडौं महानगर

 |  बुधबार, भदौ २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २७, २०८०

काठमाडौं महानगरपालिकाले लक्षित वर्गको निःशुल्क उपचारलाई प्रणालीमा आधारित, व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन कार्यविधिको मस्यौदा तयार पारेको छ।

National life

महानगरले स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, ०७७ बमोजिम लक्षित वर्ग (विपन्न, असहाय, बेवारिसे) व्यक्तिको निःशुल्क उपचारका लागि कुलमध्ये १० प्रतिशत शय्या उपलब्ध गराउन कार्यविधिको मस्यौदा तयार पारेको हो।

कार्यविधिमा अनुगमन मूल्यांकनलाई मार्गनिर्देश गर्न महानगरका मेयरको संयोजकत्वमा व्यवस्थापन समितिको प्रस्ताव गरिएको छ। समितिमा उपमेयर, प्रमुख प्रशासकीय अधिकृत सदस्य रहनेछन्। यसेगरी स्वास्थ्य मन्त्रालय (संघ र प्रदेश), मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल, सरकारी अस्पताल र निजी अस्पतालको छाता संगठनबाट प्रतिनिधि रहनेछन्। 

महानगरपालिकाका मेयर बालेन शाहले महानगरपालिका, बिरामी र अस्पताल दुवैका लागि सरकार भएको उल्लेख गर्दै दुवैका मर्का सुन्ने र दुवैलाई बचाउने बताए। लक्षित वर्गलाई अस्पतालहरूले उपलब्ध गराउनुपर्ने १० प्रतिशत निःशुल्क शय्याका विषयमा मंगलबार आयोजित छलफलमा मेयर शाहले यस्तो बताएका हुन्। छलफलमा निजी तथा सामुदायिक अस्पतालका सञ्चालक, व्यवस्थापक तथा प्रतिनिधिसँगको सहभागिता थियो। 

छलफलमा उपमेयर सुनीता डंगोलले स्वास्थ्य क्षेत्रका सेवामा पारदर्शिताका लागि पनि काम गरिरहेको बताइन्। ‘जहाँ इमानदारिता रहन्छ, त्यहाँ कानुन नचाहिन सक्छ। जहाँ नैतिकता हराउँछ, त्यसबेला कानुन आवश्यक हुन्छ,’ उपमेयर डंगोलले भनिन्।
 

Shivam cement

प्रकाशित: Sep 13, 2023| 09:06 बुधबार, भदौ २७, २०८०
प्रतिक्रिया दिनुहोस्