बिहीबार, साउन ७, २०८३

वीरगन्ज बाल सुधार गृहमा झडप, दर्जनभन्दा बढी घाइते

 |  बुधबार, भदौ २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २७, २०८०

पर्साको वीरगन्जस्थित बाल सुधार गृहमा भएको झडपमा परेर एक दर्जनभन्दा बढी घाइते भएका छन्। 

सुधार गृहभित्रमा रहेका बालबालिकाबीच विवाद हुँदा झडप भएको हो। यसक्रममा घाइते भएकाहरूलाई प्रहरीले उद्धार गरी उपचारका लागि नारायणी अस्पताल पुर्याएको छ। 

त्यसअघि सुधार गृहभित्र रहेकाहरूले प्रहरीमाथि लगातार ढुंगा प्रहार गरेका थिए।

केही साता अघिमात्रै भक्तपुर बाल सुधार गृहमा एक कैदी किशोरको मृत्यु भएपछि बढेको तनावले उग्र रुप लिएको थियो। 

प्रकाशित: Sep 13, 2023| 05:30 बुधबार, भदौ २७, २०८०
प्रतिक्रिया दिनुहोस्