सोमबार, असार १६, २०८२

तानाशाह पुटिन–किम भेटको खबरले विश्व तरंगित

युक्रेनमाथि बम बर्साउँदा सस्त्रागार रित्तिएपछि उत्तर कोरियासँग हतियार खरिद गर्ने र सट्टामा भोकमरीपीडित उत्तरलाई अन्न दिने सम्झौता गर्दै पुटिन।
 |  बुधबार, भदौ २७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २७, २०८०

vianetvianet

काठमाडौं– करिब डेढ वर्षदेखि छिमेकको युक्रेनमाथि बम बर्साएर विश्व मञ्चबाट वहिष्कृत रुसी राष्ट्रपति र आवाज निकाल्नसमेत अनुमति लिनुपर्ने उत्तर कोरियाली तानाशाह किम जोङ उनबीच भेट भएको खबर प्रजातान्त्रिक विश्व चिन्तित बनेको छ।

रुसमा प्रजातन्त्रलाई जेलभित्रै कैद गरिएको छ भने उत्तर कोरिया अहिले पनि संसारबाट बाहिरी आँखामा छ। विश्वबाट निरंकुश तानाशाही शासन क्रमशः लोप हुँदै गरेका बेला पुनः एकपटक पुटिन–किम जोन भेटले प्रजातान्त्रिक विश्व चिन्तत बनेको हो।

आज मात्रै भ्लादमिर पुटिनलाई भेट्न किम सवार रेल रुसी भूमिमा प्रवेश गरेको रुसी राज्य समाचार समिति रिया नोवोस्तीले जनाएको छ। 

तानाशाह किम चढेको रेल उत्तर कोरियाबाट प्रिमोस्र्की क्षेत्रमा प्रवेश गरेको तस्बिर पनि रिया नावोस्तीले सार्वजनिक गरेको छ। गाढा हरियो डिब्बासहितको उत्तर कोरियाली रेललाई रुसी रेलवे पटरीमा तानेको तस्बिरमा देखिन्छ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयले भने सोमबार नै नेता किमको चढेको रेल रुसी भूमिमा प्रवेश गरेको विश्वास आफूलाई भएको बताएको थियो।

रुसी सञ्चार माध्यमका अनुसार उत्तर कोरियाली नेता किमले यसै साता अन्त्यमा समकक्षी तानाशाह भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाएका छन्। उत्तर कोरियाली नेता उनले चार वर्षपछि गरेको यो पहिलो विदेश विदेश भ्रमण हो। 

रातभर यात्रा गरेर नेता किम भ्लादिभोस्तोक पुगेको बताइएको छ। सशस्त्र फौज लिएर उन पुटिन भेट्न गइरहेका हुन्। राष्ट्रपति पुटिन हाल वार्षिक आर्थिक मञ्चमा भाग लिने सिलसिलामा भ्लादिभोस्तोकमा छन्। प्रतिरक्षा विश्लेषकका अनुसार मस्कोले उत्तर कोरियाबाट हातहतियार र एन्टिट्यांक मिसाइल लिएर रुसबाट उपग्रह र आणविक शक्तिबाट सञ्चालन हुने पनडुब्बी प्रविधि चाहेको छ।

यद्यपि क्रेमलिनले वैश्विक एवं क्षेत्रीय मामिलामा दुई देशका नेताले वार्ता गर्ने बताएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसी सञ्चार माध्यमलाई दुई नेताले ‘संवेदनशील’ विषयमा छलफल गर्ने बताएका छन्। ‘छिमेकीका रूपमा यो स्पष्ट छ, हाम्रा देशबीच संवेदनशील क्षेत्रमा सहयोग हुन्छ, जुन सार्वजनिक खपतको विषय हुनुहुँदैन। छिमेकी देशका लागि सामान्य हो’, उनले भनेका छन्।

दुवै नेताबीचको वार्तामा अमेरिकी चेतावनीको बेवास्ता हुने प्रवक्ता पेस्कोभले पत्रकारलाई बताए। ‘उत्तर कोरियालगायत छिमेकीसँग हामीले विकास गर्ने सम्बन्धसँग वासिङ्टनको चेतावनीको कुनै अर्थ छैन। दुई देशको हितमा त्यो केन्द्रित हुनेछ’, वासिङ्टनले युक्रेन द्वन्द्वका लागि उत्तर कोरियाले मस्कोलाई हतियार उपलब्ध गराए प्योङयाङले त्यसको मूल्य चुकाउनुपर्ने अमेरिकी चेतावनीबारेको जिज्ञासाको जवाफमा उनले भने। 

यसअघि अमेरिकी रक्षा मन्त्रालयले रुस–उत्तर कोरियाली नेताबीच हुने भेटवार्ता र सहमति, सम्झौताले विश्व असुरक्षित हुने प्रतिक्रिया दिएको छ। अमेरिकाले रुसलाई हतियार नदिन उत्तर कोरियालाई चेतावनी दिएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार रुसले उत्तरसँग हतियार खरिद गर्ने र उत्तरलाई खाद्यान्न उपलब्ध गराउने सम्झौता हुन सक्छ। –एजेन्सी 

प्रकाशित: Sep 13, 2023| 06:03 बुधबार, भदौ २७, २०८०
प्रतिक्रिया दिनुहोस्