सोमबार, जेठ २५, २०८३

नेम्वाङको अन्त्येष्टि बिहीबार, सोही दिन सार्वजनिक बिदा

 |  मंगलबार, भदौ २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २६, २०८०

संविधानसभा अध्यक्ष, पूर्वसभामुख, सांसद एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार हुने भएको छ।

National life

एमालेले विज्ञप्ति जारी गर्दै नेम्वाङको अन्त्येष्टि बिहीबार गर्ने निर्णय गरेको हो। सरकारले उनको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ।

बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटमा नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिनेछ। नेम्वाङका दुई छोरा विदेशबाट भोलि बेलुकीसम्म आइपुग्ने बताइएको छ।

नेम्वाङको आज बिहान निधन भएको हो। उनको पार्थिव शरीरलाई आज त्रिवि शिक्षण अस्पतालबाट पार्टी कार्यालय च्यासलमा ल्याएर राखिएको छ।

 

Shivam cement

प्रकाशित: Sep 12, 2023| 18:17 मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्