सोमबार, जेठ २५, २०८३

रुकुम पश्चिममा उत्पादित बेसारको चाना जर्मन पठाउने तयारी

 |  मंगलबार, भदौ २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २६, २०८०

रुकुम- रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा रहेको त्रिवेणी श्रम सहकारी संस्थाले रुकुम पश्चिममा उत्पादित बेसार जर्मन पठाउने तयारी गरेको छ। पालिकामा प्रशोधन केन्द्र स्थापना गरेको सहकारीले जिल्लामा उत्पादित बेसार विदेश पठाउने योजना बनाएको हो।

National life

'हामीले उत्पादन गरेको बेसारको चाना परीक्षणका लागि जर्मन पठाएको थियौँ। गुणस्तर राम्रो भएको भन्ने रिपोर्ट आएको छ। अब बेसारको चाना प्रशोधनको तयारीमा छौँ। यो मंसिरदेखि बेसार जर्मन पठाउन सुरु गर्दैछौँ', सहकारीका अध्यक्ष शेरबहादुर मल्लले भने, 'सहकारीका सदस्यलाई बेसार खेती गर्न भनेका छौँ। दुई सय सदस्यले यो पटक बेसारखेती गर्नुभएको छ। उहाँहरुले राम्रो बेसार उत्पादन गर्ने योजना पनि बनाउनुभयो। त्यही बेसारको चाना पहिलो चरणमा जर्मन पठाउने छौँ।'

गाउँपालिकामा उत्पादन भएको बेसारले मात्र माग धान्न नसक्ने उनको भनाइ। जिल्लाको अन्य क्षेत्रमा पनि बेसार उत्पादनका लागि किसानलाई पहिलै भनेको सहकारीले जनाएको छ। सहकारीले अदुवा र बेसार प्रशोधनको लागि उद्योग स्थापना गरेको जनाएको छ।

जिल्लाको त्रिवेणी गाउँपालिका, चौरजहारी नगरपालिकाका विभिन्न ठाउँमा राम्रो अदुवा र बेसार उत्पादन हुने गर्छ। व्यापारीले जिल्लाबाटै अदुवा र बेसार खरिद गर्ने गर्दै आएकोमा अब भने जिल्लामा उत्पादित अदुवा र बेसार त्रिवेणी गाउँपालिकामा रहेको अदुवा, बेसार प्रशोधन केन्द्रले खरिद गरिदिने छ।

प्रशोधन केन्द्रमा चाहिने भौतिक संरचना र मेसिनका लागि कर्णाली प्रदेश सरकारले सहकारी संस्थालाई एक करोड ५० लाख रूपैयाँ दिएको थियो। सहकारीले पनि उद्योग सञ्चालनका लागि ४८ हजार रूपैयाँ रकम खर्च गरेको सहकारीका अध्यक्ष मल्लले जानकारी दिए।

Shivam cement

जिल्लामा उत्पादन भएको बेसार र अदुवा विदेश पठाइने भएपछि अदुवा र बेसारले पनि राम्रो मूल्य पाउने किसानको विश्वास छ।

प्रकाशित: Sep 12, 2023| 19:20 मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्