मंगलबार, फागुन २६, २०८२

कञ्चनपुरमा डेंगु रोगको संक्रमण बढ्दो

 |  मंगलबार, भदौ २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २६, २०८०

कञ्चनपुर- कञ्चनपुरमा केही सातायता डेंगु रोगको सङ्क्रमण बढेको छ। स्वास्थ्य कार्यालयका अनुसार दुई महिनामा एक सय १८ जना डेंगु रोगका सङ्क्रमित भेटिएका छन्। यहाँ डेंगुको संक्रणबाट केही साताअघि एक जनाको मृत्यु पनि भएको थियो।

National life

बेलौरी नगरपालिकाका- २८ वर्षीय हिक्मतबहादुर खत्रीको १२ भदौमा धनगढीको नोभा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले भने, ‘जिल्लाको सबैतिर सङ्क्रमण देखिएको छ, केही सातायता परीक्षण गर्दा डेंगुको सङ्क्रमण बढिरहेको देखिन्छ।’ उनका अनुसार सबैभन्दा बढी डेङ्गी रोगका सङ्क्रमित भीमदत्त नगरपालिकामा भेटिएका छन्। भीमदत्तका ८८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ।

मन्त्र हस्पिटलमा १२, दोधारा चाँदनीमा सात, पुनर्वासमा पाँच, बेलडाँडीमा दुई, बेलौरी, कृष्णपुर, शुक्लाफाँटा र बेदकोटमा एक/एक जनामा सङ्क्रमण पुष्टि भएको छ। महाकाली प्रादेशिक अस्पतालमा बिरामी चाप बढेको छ। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टका अनुसार अस्पतालमा हाल ज्वरोका बिरामी बढेका छन्।

‘ज्वरो, डेंगु, स्क्रबटाइपस, टाइफाइड, सर्पदंशका बिरामीको चाप अहिले तुलनात्मक रुपले बढी छ’, उनले भने, ‘बर्खामा पानी जम्ने र डेंगु सार्ने लाभा उत्पादन भएर रोग सार्छ।’ डेंगु एडिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। डेंगुका कारण उच्च ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्नेलगायत लक्षण देखिने गरेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट भट्टले बताए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 12, 2023| 20:21 मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्