सोमबार, जेठ २५, २०८३

जंगली हात्तीबाट धानबाली जोगाउन रातभर जाग्राम

 |  मंगलबार, भदौ २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २६, २०८०

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा पस्दै आएका जंगली हात्तीका कारण स्थानीयले सास्ती खेप्दै आएका छन्। उनहीहरुले जंगली हात्ती नियन्त्रणका लागि माग गरेका छन्।

National life

भारतको दूधुवा नेशनलपार्क हुँदै आउने गरेको जंगली हात्तीको बथानले धानबालीमा नोक्सानी गर्न थालेपछि किसानले हात्ती नियन्त्रणका लागि माग गरेका छन्। निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने शुक्लाफाँटा नगरपालिका- ५, ६,७ र ८ का किसान हात्ती आतंकबाट त्रसित छन्। हात्तीकै डरले साँझ नपर्दै स्थानीयले गाउँमा हिँड्डुलसमेत बन्द गरेका छन्। हात्तीको बथानले चार दिनदेखि यस क्षेत्रका किसानको धानबाली नोक्सानी गर्दै आएको छ।

पाक्नै लागेको धानबली खान लागेको हात्तीको बथान भगाउन जाँदा आक्रमण गर्न आउने गरेको वडा नं ७ का नरेन्द्र धानुकले बताए। 'निकुञ्जले गैरघातक तरिकाले हात्ती भगाउन भन्ने गरको छ', उनले भने, 'हो हल्ला गर्दा, आगो बाल्दा हात्ती भाग्दैनन, धानबाली सखाप पारेको छ।' उनीहरु हात्ती भगाउन रातभर जाग्राम बस्दै आएका छन्।

हात्ती किसानका खेत र बस्ती क्षेत्रमा छिर्ने ठाउँमा स्वचालित सौर्यबत्ती र विद्युतीय मेसवायरको माग गरेपनि कुनै निकायबाट हालसम्म सुनवाइ हुन नसकेको वडा नं ५ का श्याम भट्टले बताए। हालसम्म हात्तीको बथानले नगरपालिकाको तीन वडाका ४० बढी किसानको झन्डै ३० बिघाको धानबालीमा नोक्सानी पुर्‍याएको छ।

हात्ती नियन्त्रणका लागि प्रदेशको पर्यटन वन तथा वातावरण मन्त्रालयसँग राति पालोपहरा दिने जनशक्तिका लागि बजेट व्यवस्थापनसँगै २० थान सौर्यबत्ती, ५० थान टर्चलाइट, २० थान रेनकोट र २० थान बुटको व्यवस्था गरिदिन पत्राचार गरिएको वडा नं ५ का वडाध्यक्ष चक्रबहादुर खडकाले बताए।

Shivam cement

'नगरपालिका र वडा कार्यालयसँग हात्ती नियन्त्रणका लागि आवश्यक बजेट नभएपछि प्रदेश सरकारलाई गुहारेका छौँ', उनले भने। जंगली हात्तीको आक्रमणबाट तीन वर्षयता मध्यवर्ती क्षेत्रका सात जनाले ज्यान गुमाइसकेका छन्।      -रासस

प्रकाशित: Sep 12, 2023| 21:41 मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्