आइतबार, कात्तिक २२, २०८३

विदेश पठाउने प्रलोभन देखाएर लाखौं रकम ठग्ने दुई जना पक्राउ

नुवाकोटको सूर्यगढी गाउँपालिका–२ की २७ वर्षीया तुलसा वाग्ले (अधिकारी) र झापाको गौरादह नगरपालिका–७ का सुजन पुरी पक्राउ परेका हुन्।
 |  मंगलबार, भदौ २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २६, २०८०

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीका लागि मलेसिया र क्यानडा पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको प्रहरी टोलीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो। 

Machhapuchchhre

पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका–२ घर भई हाल टोखा नगरपालिका–१० बस्ने २७ वर्षीया तुलसा वाग्ले (अधिकारी) तथा झापाको गौरादह नगरपालिका–७ घर भई हाल  कागेश्री मनोहरा नगरपालिका–१ सानटारी बस्ने २४ वर्षीय सुजन पुरी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

वाग्लेलाई खिमलाल बुढा मगरसमेत दुई जनालाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने भन्दै रकम ठगी गरी फरार रहेको तथा पुरीलाई भूमिराज राईलाई क्यानडा पठाइदिने भन्दै १० लाख ८५ हजार रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले जनाएको छ।

प्रकाशित: Sep 12, 2023| 15:23 मंगलबार, भदौ २६, २०८०