सोमबार, जेठ २५, २०८३

नेम्वाङलाई श्रद्धाञ्जली दिन च्यासल पुगे शीर्ष नेताहरू

गए राती हृदयाघातका कारण निधन भएका एमाले नेता सुवास नेम्वाङलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको पार्टी मुख्यालय च्यासलमा प्रधानमन्त्री, पूर्वराष्ट्रपति, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले चढाए पुष्पगुच्छा।
 |  मंगलबार, भदौ २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २६, २०८०

काठमाडौं– गए राती हृदयाघातका कारण निधन भएका संविधानसभा अध्यक्ष एवं एमाले नेता सुवास नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका नेताहरु पार्टी मुख्यालय च्यासल पुगेका छन्।

National life

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले च्यासल पुगेर दिवंगत नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि च्यासल पुगेर नेम्वाङलाई श्रद्धाञ्जली दिइन्।

एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनालले पनि च्यासल पुगेर नेम्वाङलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।

गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पशुपतिशमशेर जबरा, विभिन्न राजनीतिक दलका नेताहरु, शुभेच्छुक, राजनीतिक दलका कार्यकर्तालगायतले नेम्वाङलाई श्रद्धाञ्जली दिएका छन्। 

यसैगरी सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, उपसभामुख इन्दिरा राना मगर, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा प्रकाशशरण महत,  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालगायतले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

Shivam cement

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव प्रदीप ज्ञवाली, एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेलगायत नेताहरुले स्व. नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण च्यासलमा ठूलो भीड लागेको छ। दिवंगत नेम्वाङको पार्थिव शरीर अहिले अन्तिम श्रद्धाञ्जलीका लागि केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ। स्व. नेम्वाङलाई श्रद्धाञ्जली दिने क्रममा एमाले अध्यक्ष ओली पत्नी राधिका शाक्य भावविह्वल अवस्थामा देखिइन्।

प्रकाशित: Sep 12, 2023| 14:50 मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्