सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • हृदयाघातबाट नेकपा एसका केन्द्रीय सल्लाहकार विश्वकर्माको निधन

हृदयाघातबाट नेकपा एसका केन्द्रीय सल्लाहकार विश्वकर्माको निधन

गए राती शौचालय गएपछि सुतेका विश्वकर्माको स्वाँफ्वाँ हराएपछि अल्का अस्पताल लगिएको थियो। 
 |  मंगलबार, भदौ २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २६, २०८०

काठमाडौं– नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माको हृदयाघातका कारण निधन भएको छ। ५९ वर्षीय स्व.विश्वकर्माको गए राती निधन भएको नेकपा एसले बताएको हो। 

National life

गए राती शौचालय गएपछि सुतेका विश्वकर्माको स्वाँफ्वाँ हराएपछि अल्का अस्पताल लगिएको थियो। अस्पतालले अस्पतालले उनलाई मृत घोषित गरेको नेकपा एसकी नेतृ दिलु पन्तले बताइन्।

रौतहट गौर स्थायी घर भएका उनी परिवारसहित ललितपुर बस्दै आएका थिए। स्व. विश्वकर्मालाई श्रद्धाञ्जली दिन बिहान ११ बजेसम्म उनको पार्थिव शरीर पार्टी कार्यालय आलोकनगर राखिएको थियो।

उनको आजै दिउँसो पशुपतिमा अन्त्येष्टि  गर्ने तयारी छ। मुक्ति संगठनका केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्माका एक छोरा, छोरी र श्रीमती छन्।

प्रकाशित: Sep 12, 2023| 13:32 मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्