सोमबार, असार १६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • सुवास नेम्वाङलाई राजकीय सम्मानसहितको अन्तिम बिदाइ, अन्त्येष्टिका दिन सार्वजनिक बिदा

सुवास नेम्वाङलाई राजकीय सम्मानसहितको अन्तिम बिदाइ, अन्त्येष्टिका दिन सार्वजनिक बिदा

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले नेम्बाङलाई राष्ट्रिय सम्मानसहितको अन्त्येष्टि र निधनमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। 
 |  मंगलबार, भदौ २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २६, २०८०

vianetvianet

काठमाडौं– हृदयाघातका कारण निधन भएका संविधानसभा अध्यक्ष, एमाले संसदीय दलका उपनेता एवं सांसद सुवास नेम्बाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ। नेम्बाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको छ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले नेम्बाङ राष्ट्रिय सम्मानसहितको अन्त्येष्टि र निधनमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। मन्त्रिपरिषद बैठकले नेम्बाङलाई राष्ट्रिय सम्मान निर्णय गरेको पर्यटनमन्त्री सुदन किराँतीले जानकारी दिए।

अन्त्येष्टि हुने समय भने ठ्याक्कै भन्न नसकिने उनको भनाइ छ। स्व. नेम्बाङका छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिनेछ।

मन्त्रिपरिषद् बैठकले संविधानसभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। संविधान निर्माण प्रक्रियामा उनले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको पर्यटनमन्त्री किरातीले बताए।
 

प्रकाशित: Sep 12, 2023| 11:05 मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्