सोमबार, जेठ २५, २०८३

जसपा मधेस प्रदेश सांसद बिन्दुकुमारीको निधन

प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा आज बिहान ८ बजे यादवको निधन भएको हो।
 |  मंगलबार, भदौ २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २६, २०८०
National life
Shivam cement

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) की मधेस प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन भएको छ। प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा आज बिहान ८ बजे यादवको निधन भएको हो।

सर्लाहीको कविलासी नगरपालिका सिर्सियाकी यादव गत निर्वाचनमा समानुपातिक सांसद भएकी थिइन्। पाठेघरको मुखको क्यान्सरबाट पीडित उनको लामो समयदेखि उपचार चलिरहेको थियो।

१० दिनदेखि उनको प्रादेशिक अस्पताल जनकपुरको आइसियूमा राखेर उपचार हुँदै आएको थियो। सांसद यादवको पार्थिव शरीर अहिले पार्टीको प्रादेशिक कार्यालय लगिँदै जनकपुर लगिँदै गरेको जसपाका सचेतक रामआशीष यादवले बताए।

प्रकाशित: Sep 12, 2023| 10:46 मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्