सोमबार, जेठ २५, २०८३

झापामा सवारी दुर्घटना हुँदा शिक्षकको मृत्यु

 |  मंगलबार, भदौ २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २६, २०८०

झापा- सवारी दुर्घटना हुँदा झापामा १ जना शिक्षकको मृत्यु भएको छ। कनकाई नगरपालिका–८ शीतलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा मंगलबार राति भएको सवारी दुर्घटनामा प्यारागन एकाडेमीका प्राचार्य देवराज सुवेदीको मृत्यु भएको हो।

National life

इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार सोमबार साँझ सुवेदी सवार प्र१–०१–०१३ नम्बरको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग१च ३२४८ नम्बरको बोलेरो जीपले ठक्कर दिएको थियो।

सो दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीलाई उपचारका लागि विर्तामोडस्थित बिएन्डसी अस्पताल पुर्‍याइएको थियो। उनलाई अस्पतालमा पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए।

हाल दुर्घटनामा संलग्न बोलेरो जीपका चालक पाँचथर हिलिहाङ गाउँपालिका– ७ बस्ने ३७ वर्षीय होमप्रसाद सेन्च्युरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले बताए। 
 

प्रकाशित: Sep 12, 2023| 09:50 मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्