सोमबार, जेठ २५, २०८३

पत्रकार/साहित्यकार राजेन्द्र पराजुली रहेनन्

 |  मंगलबार, भदौ २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २६, २०८०

काठमाडौं- पत्रकार तथा साहित्यकार राजेन्द्र पराजुलीको निधन भएको छ। केही दिनअघि निमोनिया भएर अस्पताल भर्ना भएका पराजुली डिस्चार्ज भएर घर फर्किसकेका थिए। 

National life

हिजो फेरि बिरामी परेपछि बी एण्ड बी अस्पताल लगिएका पराजुलीको आज बिहान निधन भएको हो। उनको आज दिउँसो २ बजेपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

कोटेश्वरमा जन्मे-हुर्केका पराजुलीका एक दर्जन पुस्तक प्रकाशित छन्। उनका 'कोटेश्वरको केटो', 'अघोरी', 'शुक्रराज शास्त्रीको चश्मा'लगायत कृति चर्चित छन्। उनले लामो समय पत्रकारिता पनि गरेका थिए। 


 

प्रकाशित: Sep 12, 2023| 09:34 मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्