सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • नेम्वाङको अप्रत्याशित निधनले मर्माहत बनायो: राष्ट्रपति पौडेल

नेम्वाङको अप्रत्याशित निधनले मर्माहत बनायो: राष्ट्रपति पौडेल

 |  मंगलबार, भदौ २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २६, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्याशित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन्।

National life

सामाजिक सञ्जालमार्फत उनले दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उनको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा सोमबार राति हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल लैजाने क्रममा निधन भएको हो।

एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए। उनी हाल इलाम-२ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन्।

प्रकाशित: Sep 12, 2023| 07:15 मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्