सोमबार, जेठ २५, २०८३

नेम्वाङको निधनले प्रधानमन्त्री प्रचण्ड मर्माहत

 |  मंगलबार, भदौ २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेका छन्। संविधानसभा अध्यक्ष नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको उनले बताएका छन् । 

National life

'संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु। दिवंगत नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु,' प्रचण्डले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले आफू स्तब्ध भएको बताएका छन्।

आज बिहान सामाजिक सञ्जाल एक्समा लेख्दै सभापति देउवाले संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको निधनले स्तब्ध भएको बताएका हुन्।

‘नेकपा एमालेका उपाध्यक्ष एवं संविधासभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तब्ध भएको छु। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’देउवाले भनेका छन्।

Shivam cement

गएराति १ बजे हृदयघात भएपछि नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल लगिएकोमा चिकित्सकहरुले तत्काल मृत घोषित गरेका थिए।

प्रकाशित: Sep 12, 2023| 06:40 मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्