नेकपा एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको शव पार्टी कार्यालय च्यासलमा राखिने भएको छ।
एमालेका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान सात बजेदेखि पार्टी केन्द्रीय कार्यालयमा राखिने जानकारी दिए।
संविधानसभाका अध्यक्ष एवं प्रतिनिधि सभाका पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको गएराति हृदयघातबाट निधन भएको हो। त्रिवि शिक्षण अस्पताल पुर्याउने बित्तिकै चिकित्सकहरुले उनलाई मृत घोषित गरेका थिए।
निधन भएको जानकारी पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु अस्पताल पुगेका छन्। अस्पतालमा एमालेलगायत अन्य पार्टीका नेता-कार्यकर्ता र सर्वासाधारणको पनि भीड लागेको छ।