मंगलबार, असार १७, २०८२

२४ वर्षदेखि लगातार जननिर्वाचित नेम्वाङ

इलामको सुन्तलाबारीमा २००६ सालमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए।
 |  मंगलबार, भदौ २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २६, २०८०

vianetvianet

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ।

मंगलबार राति १ बजे हृदयघात भएपछि उनलाई तत्काल त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको थियो। चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेका थिए।

७४ वर्षीय पूर्व सभामुख तथा संविधानसभाका पूर्व अध्यक्षसमेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद रहँदै आएका थिए। उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए।

इलामको सुन्तलाबारीमा २००६ सालमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए। २०३३ सालमा राजद्रोह मुद्दामा उनी केही समय जेल परेका थिए।

२०४८ र २०५२ सालमा राष्ट्रिय सभा सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भएका थिए।

२०५६ को निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेसँगै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पर्यटन तथा नागरिक उड्डययन मन्त्री तारिणीदत्त चटौत जोडिएको चर्चित लाउडा कान्ड छानबिन गरेर चर्चामा आएका थिए।

उनी जनआन्दोलन ०६२–०६३ सँगै पुनर्स्थापित संसद्का सभामुख बनेका थिए। २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए। चारपल्ट सभामुख बन्दा उनी सधैं सर्वसम्मत भएका थिए।
नेम्वाङले संसद्को सार्वजनिक लेखा समितिको अध्यक्ष भएर पनि काम गरेका थिए।

पछिल्लो आम निर्वाचनमा नेम्वाङ इलाम-२ बाट ९ हजार ६५४ मतान्तरले विजयी भएका थिए। उनले ३६ हजार ५१४ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८६० मत प्राप्त गरेका थिए। 

एमालेको केन्द्रीय सदस्य र कानुन विभाग प्रमुख रहेका नेम्वाङले नेपाल बार एसोसिएसनको महासचिवको जिम्मेवारी पनि सम्हालेका थिए। २०२९ सालमा अनेरास्ववियुको तर्फबाट इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्ववियु सभापति भएसँगै नेम्वाङ राजनीतिमा निरन्तर क्रियाशील थिए। 

एमाले स्थायी कमिटी सदस्य नेम्वाङले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातकसम्मको अध्ययनपछि नेपाल ल क्याम्पसमा २०३५ सालदेखि २०५१ सम्म प्राध्यापन गरेका थिए।

प्रकाशित: Sep 12, 2023| 05:24 मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्