सोमबार, जेठ २५, २०८३

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

 |  मंगलबार, भदौ २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २६, २०८०

प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ। 

National life

मंगलबार राति १ बजे उनको हृदयघातबाट निधन भएको हो। बालुवाटर बस्ने उनलाई हृदयघात भएपछि तत्काल महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो। 

अस्पतालमा पुर्‍याउँदा उनको निधन भइसकेको बताइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली टिचिङ अस्पतालमा पुगिसकेका छन्।

प्रकाशित: Sep 12, 2023| 05:01 मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्