सोमबार, जेठ २५, २०८३

भन्सार छलेर लुकाएको ८ सय किलो काजु बरामद

 |  सोमबार, भदौ २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २५, २०८०
National life
Shivam cement

रौतहट- भन्सार छली घरमा लुकाइ राखेका आठ सय किलो काजु सशस्त्र प्रहरीले बरामद गरेको छ।

पर्साको वीरगञ्ज महानगरपालिका–१० बजरङग टोल बस्ने मगनी राउतले भारतीय बजार रक्सौलबाट भन्सार छली नेपाल भ्यिाएर घरमा लुकाएको सूचनाको आधारमा सशस्त्र प्रहरीले आज छापामारी गरी काजु बरामद गरेको हो। 

भन्सार अधिकृत दीपेन्द्र शर्मासहितको प्रहरी टोलीले बरामद गरेको करिब सात लाख २० हजार बराबरको काजुलाई आवश्यक कारबाहीको लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल १३ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले जानकारी दिए।

प्रकाशित: Sep 11, 2023| 21:15 सोमबार, भदौ २५, २०८०
प्रतिक्रिया दिनुहोस्