सोमबार, असार १६, २०८२

भारतमा टिपर दुर्घटना हुँदा रुकुम पश्चिमका २ जनाको मृत्यु

 |  सोमबार, भदौ २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २५, २०८०

vianetvianet

रुकुम- भारतको हिमाचल प्रदेशमा दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ। रोजगारीका लागि भारत गएका रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ बुढ्डेराका जयबहादुर बुढा र डिलबहादुर सुनारको मृत्यु भएको हो। 

तीनजना घाइते भएका छन्। घाइते हुनेमा आठबीसकोट–११ की खली बुढा, कर्णसिंह सुनार र तिलक बुढा रहेको स्थानीयवासी दलजित विकले जानकारी दिए।

घाइते हुनेमा अन्य जिल्लाका पनि रहेका छन्। कामबाट कोठा फर्किने क्रममा उनीहरू चढेको टिपर पल्टिएको बताइएको छ। उनीहरू टिपर चढेर काममा जाने र टिपरमै चढेर कोठा फर्किने गरेका थिए। उनीहरू गत वर्षको मङ्सिरमा रोजगारीका लागि भारतको हिमाचल गएको बताइएको छ।

प्रकाशित: Sep 11, 2023| 20:53 सोमबार, भदौ २५, २०८०
प्रतिक्रिया दिनुहोस्