मंगलबार, असार १७, २०८२

बाल अस्पताललाई आनी छोइङको १ करोड ८० लाख सहयोग

 |  सोमबार, भदौ २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २५, २०८०

vianetvianet

गायिका आनी छोइङ डोल्माले दमक बाल अस्पताललाई १ करोड ८० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेकी छन्। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा आनी छोइङ डोल्मा फाउण्डेसनको तर्फबाट काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका प्रमुख प्रा. डा. भगवान कोइरालालाई उक्त सहयोग राशी प्रदान गरियो।

फाउण्डेसनको तर्फबाट आनीका सांगीतिक गुरु तथा गीतकार दुर्गालाल श्रेष्ठले उक्त रकमको चेक कोइरालालाई प्रदान गरे। स्वस्थ समाज निर्माणका लागि आफ्नो योगदानले मद्दत मिल्ने आशा उनले व्यक्त गरिन्। डा. कोइरालाले नेपालमा बाल स्वास्थ्यको अवस्थाबारे प्रकाश पारे। एक हजार बालबालिका जन्मिँदा उपचार नपाएर ३३ जनाको मृत्यु हुने तथ्यांक कोइरालाले पेश गरेका थिए।

बालबालिकालाई उपचारको अभावबाट हुने क्षति र अपांगताबाट बचाउनु तथा परिवारलाई गरिबीको दुश्चक्रबाट जोगाउनु आफूहरुको उद्देश्य रहेको डा. कोइरालाले बताए। उक्त परियोजनाअन्तर्गत झापाको दमकमा बाल अस्पताल सञ्चालनमा आइसकेको छ। सेवा सुरु भएको चार महिनामै यसले ठूलो संख्यामा बहिरंग र अन्तरंग सेवा प्रदान गरेको उनले जनाए।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–७ मा हब अस्पतालको रुपमा बहुविशिष्टकृत बाल अस्तालको निर्माण सुरु भएको पनि उनले जानकारी दिए।

प्रकाशित: Sep 11, 2023| 17:26 सोमबार, भदौ २५, २०८०
प्रतिक्रिया दिनुहोस्