सोमबार, जेठ २५, २०८३

'मिस युनिभर्स नेपाल २०२३' को उपाधि जेन दिपिकालाई

 |  सोमबार, भदौ २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २५, २०८०

'मिस युनिभर्स नेपाल २०२३' को उपाधि जेन दिपिका ग्यारेटले जितेकी छन्। काठमाडौंमा शनिबार आयोजना भएको कार्यक्रममा २१ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले 'मिस युनिभर्स नेपाल' को उपाधि जितेकी हुन्। उनलाई सन् २०२२ की मिस युनिभर्स सोफिया भुजेलले ताज लगाइदिएकी थिइन्।

National life

दिपिकाले उपाधिसँगै इलेक्ट्रिक स्कुटर प्राप्त गरेकी छन्। साथै उनले अब 'मिस युनिभर्स' मा नेपालको प्रतिनिधित्व गर्नेछिन्। गरिमा घिमिरे फर्स्ट रनरअप, बुद्धिसारा सुनार सेकेन्ड रनरअप, सितास्मा पोखरेल थर्ड रनरअप र अभिलाशा लम्साल फोर्थ रनरअप घोषित भए।

यस वर्षको 'मिस युनिभर्स नेपाल' को निर्णायकमा रविराज कर्णिकार, उपल मजुमदार, सौरभ ज्योति, उपासना घिमिरे, संगीता पहाडी, आयुशा कार्की श्रेष्ठ, सुरक्षा पन्त, नन्दिनी एल थापा थिए।

 

प्रकाशित: Sep 11, 2023| 16:59 सोमबार, भदौ २५, २०८०
प्रतिक्रिया दिनुहोस्