मंगलबार, असार १७, २०८२

अवैध लागूऔषधसहित पक्राउ परे १४ जना

प्रहरीले तारकेश्वर, बारा, सुर्खेत, बर्दिया, बाँकेलगायत स्थानबाट अवैध लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको हो।
 |  सोमबार, भदौ २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २५, २०८०

vianetvianet

काठमाडौं–प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ। प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिका–८ जरंखुबाट अवैध लागूऔषध गाँजा ३ सय ग्रामसहित सोही ठाउँ बस्ने ५४ वर्षीया उषा बस्नेतसमेत ८ जनालाई आइतबार साँझ  पक्राउ गरेको हो।

सोही ठाउँ बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका–५ घर भएकी २४ वर्षीया सुमित्रा ढुंगानाको कोठामा लागूऔषध बेचबिखन भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो। 

बाराको निजगढ नगरपालिका–९ सिम्रिस्थित जंगलबाट अवैध लागूऔषध गाँजा ५ किलोसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका–९ बस्ने २८ वर्षीय सुजन घलान, मकवानपुरगढी गाउँपालिका–१ बस्ने २६ वर्षीय गणेशबहादुर बन्जन, रौतहट चन्द्रपुर नगरपालिका–३ बस्ने ३४ वर्षीय छविलाल स्याङताङ रहेका छन्।

ना४५प३४३ नम्बरको मोटरसाइकलमा सवार सुजन र गणेशले उक्त गाँजा छविलाललाई बिक्री गर्न लागेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उक्त गाँजासहित तीनै जनालाई पक्राउ गरेको हो। 

प्रहरीका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३७ वर्षीय कमल मल्ललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। 

यस्तै, बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ २ सय १० मिलिग्रामसहित २ जनालाई आइतबार राती प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका–३ धौलागिरि बस्ने  २५ वर्षीय पुष्कर सिरिश र १९ वर्षीय किरण थापा मगर रहेका छन्। प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। सबै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 11, 2023| 15:05 सोमबार, भदौ २५, २०८०
प्रतिक्रिया दिनुहोस्