काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकृत तेजनारायण साहविरुद्ध ३३ लाख २० हजार २२६ रुपैयाँ भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ।
बीपी प्रतिष्ठानको हातामा सञ्चालनमा रहेका विभिन्न व्यवसायीबाट अधिकार नै नभएको विद्युत् महसुलबापत साहले ३३ लाख २० हजार २२६ रुपैयाँ संकलन गरी भ्रष्टाचार गरेको दाबीसहित अख्तियार विशेष अदालत पुगेको हो।
विद्युत् महसुलसम्बन्धी सर्भरको दुरुपयोग गरी गलत बिल भौचर जारी उक्त रकम प्रतिष्ठानको खातामा जम्मा नगरी सम्पत्ति हिनामिना गरेको देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय र जरिवाना हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।