सोमबार, जेठ २५, २०८३

सूचना खोज्न जाँदा प्रहरीकै हतियार लुट्ने ६ जना पक्राउ

मोरङ र सुनसरी प्रहरीको संयुक्त अप्रेसनपछि आइतबार उनीहरुलाई सार्वजनिक गरिएको हो। 
 |  सोमबार, भदौ २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २५, २०८०

काठमाडौ– मोरङ र सुनसरीका विभिन्न स्थानमा हुने आपराधिक क्रियाकलापको सूचना बटुल्न निस्किएको प्रहरीकै हतियार लुटपाटमा संलग्न ६ जना पक्राउ परेका छन्।
मोरङ र सुनसरी प्रहरीको संयुक्त अप्रेसनपछि आइतबार उनीहरुलाई सार्वजनिक गरिएको हो। 

National life

पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका–४ का बस्ने ३२ वर्षीय नसुदिन मिया, सोही नगरपालिका वडा–१ का ३० वर्षीय अलिम मुर्तुजा, मोरङको बूढीगंगा गाउँपालिका–४ का ४० वर्षीय रिवजवन मिया रहेका छन्।

यस्तै, भारत घर भई हाल सुनसरीको दुहवी नगरपालिका–६ बस्ने ४० वर्षीय मो.आलम, मोरङको बूढीगंगा गाउँपालिका–५ बस्ने २१ वर्षीय नजरुल मिया र सोही गाउँपालिका–४ बस्ने २५ वर्षीय सिजाम आलम रहेका छन्।

पक्राउ परेकाबाट चाइनिज पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान, रड ३ थान, धारिलो चक्कु २ थान, पेचक १ थान बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद चाइनिज पेस्तोल इलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट अपरेसनका लागि खटिएको प्रहरी टोलीमाथि आक्रमण गर्दा लुटिएको बताइएको छ। 

उनीहरुबाट भारतीय नम्बर प्लेटको बीआर ३८४– ७६८० नम्बरको  सुपर स्पेलन्डर र को २२ प ५९०१ नम्बरको आर १५ मोटरसाइकल, १ लाख ७५ हजार २ सय नेपाली रुपैयाँ र १ हजार ६ सय भारु बरामद गरिएको प्रहरीले जनाएको छ।

Shivam cement

त्यस्तै, सुनको जस्तो देखिने झुम्का १ जोेर, तिलहरी १ थान, चाँदीको जस्तो देखिने सिक्री १ थान, पाउजु १ जोर र स्मार्ट फोन ११ थान बरामद गरिएको प्रहरीले बताएको छ। उनीहरुबाट ५ थान बटन फोन र १२ थान मेमोरी कार्डसमेत बरामद गरिएको छ।

प्रकाशित: Sep 11, 2023| 14:35 सोमबार, भदौ २५, २०८०
प्रतिक्रिया दिनुहोस्