भारतले मध्यपूर्व र पूर्वी युरोपसम्म पुग्नका लागि नयाँ रेलमार्ग तथा पानीजहाज करिडोरको योजना अघि सारेको छ। नयाँ दिल्लीमा भएको जी २० शिखर सम्मेलनमा यसबारे घोषणा भएको छ ।
चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)लाई टिक्कर दिनका लागि भारत, अमेरिका, युरोपेली युनियन ईयू र साउदी अरबले नयाँ बहुराष्ट्रिय परियोजनाको घोषणा गरेका हुन्।
यस बहुराष्ट्रिय रेलवे एवं बन्दरगाह निर्माण गरिने यस परियोजनालाई आधुनिक मसला मार्ग अर्थात् स्पाइस रुटको रुपमा काम गर्ने जनाइएको छ ।
प्रचिन कालमा भारतबाट युरोपतर्फ मसला आपूर्ति हुने मार्गलाई परम्परागत रुपमा स्पाइस रुट भन्ने गरिन्छ। यस परियोजनाले विश्व अर्थतन्त्रको एक तिहाई हिस्सा भएका मुलुकको पारवहनमा सहज हुने अपेक्षा गरिएको छ।