सोमबार, जेठ २५, २०८३

हात्तीले भत्कायो जंगेपिलर 

झापा दमकस्थित सीमा क्षेत्र आलेटुङदेखि माथिल्लो नेपाल–भारतको २६ नम्बरको जंगेपिलर हात्तीले भत्काएको हो।
 |  सोमबार, भदौ २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २५, २०८०
National life
Shivam cement

काठमाडौं–झापाको मेचीनगर वडा–४ अवस्थित  नेपाल–भारत सीमाको जंगेपिलर हात्तीले भत्काएको छ। आलेटुङदेखि माथिल्लो नेपाल–भारतको २६ नम्बरको जंगेपिलर हात्तीले भत्काएको हो।

सीमामा हात्ती नियन्त्रणका लागि खटिएको ¥यापिड रेस्पोन्स टिम (आरआरटी) ले पिलर भत्केको अवस्थामा देखेपछि वडा कार्यालयमा खबर गरेको ४ नम्बर वडाका वडाध्यक्ष अर्जुन कार्कीले बताए। हात्तीले जंगेपिलर पूर्ण रुपमा भत्काएर क्षतविक्षत पारेको उनको भनाइ छ।

स्थानीयको प्रयास र वडा कार्यालयको संयोजनमा भारतबाट आउने जंगली हात्तीको क्षति न्यूनीकरणका खटिने र सशस्त्र प्रहरीको बाहुनडाँगी आउटपोस्टलाई यस विषयमा सूचना दिइएको उनले बताए। हात्तीले जंगेपिलर भत्काएकोबारे हालसम्म जानकारीमा नआएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए।

प्रकाशित: Sep 11, 2023| 11:44 सोमबार, भदौ २५, २०८०
प्रतिक्रिया दिनुहोस्