मंगलबार, असार १७, २०८२

जुम्ला-मनाङ सडकको काम तीव्र गतिमा हुँदै

 |  आइतबार, भदौ २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २४, २०८०

vianetvianet

जुम्ला- जुम्ला सदरमुकाम खलंगादेखि डोल्पा हुँदै मनाङ र मुस्ताङसम्म जोड्ने सडकको काम तीव्र गतिमा अघि बढाइएको छ। सडक डिभिजन कार्यालय जुम्लाले अहिले उक्त सडकको स्तरोन्नतिलाई प्रथामिकताका साथ अगाडि बढाइएको कार्यालयका सब इन्जिनियर वीरेन्द्र रावलले जानकारी दिए।

जुम्लादेखि डोल्पाको मौरी लेकसम्मको ४५ किलोमिटर सडक डिभिजन कार्यालय जुम्लाको कार्यक्षेत्रमा पर्छ। निर्माण भइसकेको सडकमध्ये पहिलो चरणमा १३ किलोमिटरमा ग्राभेल गरिएको रावलको भनाइ छ। सडकलाई गुणस्तरीय बनाउनका लागि आरसिसी भइरहेको उनले जानकारी दिए।

सडक निर्माणलाई तीव्रता दिन इन्जिनियर चित्र चौलागाई, सब इन्जिनियर कमला चौलागाई र वीरेन्द्र रावल तथा सुपरभाइजर मदन महतलाई निर्माणस्थलमै खटाइएको कार्यालय प्रमुख दीपेन्द्र विष्टले बताए। पहिलो चरणमा जुम्लाको दानसाँघुदेखि देब्बलगाउँसम्मको छ सय मिटर सडकमा आरसीसी प्रयोग गरिएको छ।

सडक निर्माणका लागि कार्यालयले नौ करोड ६३ लाख रूपैयाँमा थोदुङ कन्ट्रक्सन काठमाडौंसँग सम्झौता गरेको थियो। सम्झौताअनुसार २०८१ पुसभित्र काम सम्पन्न गर्नु पर्नेछ।

प्रकाशित: Sep 10, 2023| 20:21 आइतबार, भदौ २४, २०८०
प्रतिक्रिया दिनुहोस्